add

सीजी मोटर्सले एकैपटक खोल्यो ३ नयाँ शोरुम






ActPro Nepal

|

१२ मंसिर, २०८०

|
122

काठमाडौं । सीजी मोटर्सले एकैपटक तीन नयाँ शोरुम संचालनमा ल्याएको छ । ग्राहको सुविधालाई मध्येनजर गर्दै कम्पनीले बिर्तामोड, वीरगञ्ज र धनगढीको नयाँ शोरुम विस्तार गरेको हो ।

कम्पनीका अनुसार बिर्तामोडमामा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगञ्जमा मिनोल्टा इन्भेष्टमेन्ट र धनगढीमा ब्रम्हा मोटर्सले डिलरशिप लिएर शोरुम संचालनमा ल्याएका हुन् ।

शोरुमका साथै ग्राहकहरुको सुविधाका लागि तीनैवटा स्थानहरुमा सर्भिस स्टेशन पनि चाँडै संचालनमा ल्याइने कम्पनीले जनाएको हो ।

सीजीले यसअघि काठमाडौंको नक्साल र पोखरा शोरुमबाट सवारीसाधन बिक्री गर्दै आएको छ । चाँडै विराटनगर, लाहान, हेटौंडा, भक्तपुर, चितवन, बुटवल, कोहलपुरमा नयाँ शोरुम संचालनमा ल्याउने सीजी मोटर्सले जनाएको छ ।

सीजी मोटर्स नेटा भी ईभी कार, ११ सिटर सीजी केवाइसी भ्यान, १४ र १९ सिटर किङ्लोङ भ्यानको नेपालका लागि आधिकारिक बिक्रेता हो ।

कम्पनीले बिक्री गर्ने नेटा भी हाल ईभी पारखीहरुमाझ लोकप्रिय रहेको छ । मुख्यतया यसको मूल्य र यसले दिने ३८० किलोमिटरको रेन्जका कारण ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको कम्पनीको भनाइ छ ।

१७० मिलिमिटरको ग्रोउन्ड किलिरेनश भएको नेटा भीमा ८ वर्ष अथवा १ लाख ५० हजार हजार किमीको वारेण्टी छ।

यस्तै, सीजीले बिक्री गर्ने सीजि केवाइसी र किङ्लोङ भ्यान पनि सहज किस्ताबन्दीमा पाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले हाल नेपालभर ५० भन्दा बढी स्थानमा चार्जिङ सेवा उपलब्ध गराउँदै आएको छ भने थप ५० ठाउँमा विस्तार गर्ने जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.