add

गठबन्धनभित्र रहेका दलहरूबीचमा समन्वय र सन्तुलन आवश्यक : कांग्रेस






ActPro Nepal

|

४ वैशाख, २०८२

|
45

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सत्तागठबन्धनभित्र रहेका दलहरूबीच समन्वय र सन्तुलन अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पूर्वपदाधिकारी, पदाधिकारी तथा मन्त्रीहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा समग्र राजनीतिक अवस्था, सरकारको प्रदर्शन, र शिक्षक आन्दोलनबारे व्यापक छलफल भएको जानकारी दिए।

‘सरकारको पर्फमेन्स अझै राम्रो हुनुपर्छ। गठबन्धन सरकार भएकाले सबै दलको सहकार्य अपरिहार्य छ,’ महतले भने, ‘डेलिभरी अझै सशक्त हुनुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं।’

उनले सरकार सञ्चालनमा कुनै एक दलको मात्र हैसियत नहुने स्पष्ट पार्दै सबै दलको कुरा सुनेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

त्यसैगरी, महतले नेकपा माओवादी केन्द्रका अध्यक्ष **पुष्पकमल दाहाल ‘प्रचण्ड’**को अभिव्यक्तिको जवाफ दिँदै, ‘प्रचण्ड प्रतिपक्षमा छन्, त्यसैले सरकार ढल्छ भन्ने भन्नु स्वाभाविक हो। तर, सरकार प्रचण्डले भनेकै भरमा ढल्दैन,’ भने।

कांग्रेस नेतृत्वले गठबन्धनको दीर्घकालीन स्थायित्वका लागि समन्वय, सन्तुलन र आपसी समझदारीलाई बलियो बनाउनुपर्नेमा जोड दिएको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.