add

टिभिएस एनटर्क १२५ सीसी ड्रम रेडमा सार्वजनिक, यस्तो छ मूल्य






ActPro Nepal

|

२४ कार्तिक, २०८०

|
306

​काठमाडौ । नेपालको लागि टिभिएस् स्कुटर र मोटरसाइकलको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस महाएक्सचेन्ज महोत्सवमा एनटर्क १२५ सीसी ड्रम रातो रङमा सार्वजनिक गरेको छ ।

राम्रो माइलेज दिने एनटर्क १२५ सीसी ड्रममा स्मार्टकनेक्ट र ब्लुटुथ कनेक्टिभिटी पनि उपलब्ध छ । 

साे अवसरमा शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर अखिल गुप्ताले भने, "ग्राहक वर्गको उच्च मागलाई मध्यनजर गर्दै टिभिएस एनटर्क ड्रमलाई बोल्ड रातो कलरमा लन्च गर्न पाउँदा हामी हर्षित छौँ । सडकमा आफ्नो साहस देखाउ नचाहने जो कोहीको लागि यो स्कुटर उपयुक्त हुनेछ। हाम्रा अमूल्य ग्राहकहरूकन लागि उच्च गुणस्तरीय जीवनशैली सुनिश्चित गर्न थप रोमाञ्चक सवारी साधनहरू र अपग्रेडहरू ल्याउने प्रयासमा हामी निरन्तर लागिरहेका छौँ ।"

टिभिएस एनटर्कड्रममा ९.४ पीएस पावर सहितको बलियो १२५ सीसी इन्जिन रहेको छ । यसको स्मार्ट कनेक्टले नेभिगेसन, पार्क गर्दाको स्कूटरको लोकेसन थाहापाउन सजिलो बनाएको छ ।

स्लीक डिजाइन स्टेल्थ एयरक्राफ्टबाट प्रेरित यस स्कुटरमा राइड पनि स्मुथ र सहज हुने कम्पनीले जनाएको छ। 'टि' आकारको रियर ल्याम्पले यस स्कुटरलाई सजिलै चिन्न सकिने बनाउनुका साथै थप सुरक्षाका लागि उत्कृष्ट भिजिबिलिटी पनि सुनिश्चित गर्दछ । स्पोर्टी स्टबी मफलरले यसको स्पोर्टी लुक प्रदान गर्ने मात्र होइन स्कुटरको पर्फरमेन्समा पनि योगदान पुर्याउँछ।

ठूला १२ इन्चका टाएरहरुका साथ एनटर्क १२५ ड्रम भेरियन्टले आरामदायी र सुरक्षित सवारी सुनिश्चित गर्दै सडकमा स्थिरता र ग्रिप प्रदान गर्दछ। बोल्ड र चंकी टायरहरूले विभिन्न भू–भागहरूमा उत्कृष्ट पकड प्रदान गर्नेछ जसले यस स्कुटरलाई उत्कृष्ट टु–व्हीलर साबित गर्नेछ।

साथै ब्याट विङ–स्टाइलको डेटाइम लाइटले स्कूटरलाई फरक बनाउनुका साथै भिजिबिलिटी बढाउँछ जसले दिनको समयमा पनि सुरक्षित राइड प्रोत्साहन गर्छ। स्पोर्टी स्प्लिट ग्रेब रेलको एडिसनले यात्रुहरूलाई राइडमा सुरक्षित रूपमा समात्न मिल्नेछ । पछाडीको भेन्टहरूले स्कुटरलाई सहज रूपमा चल्न मद्दत गर्नुका साथै हिट लस पनि कम गर्नेछ ।

त्यसैगरी, गेमिङ कन्सोलबाट प्रेरित स्पीडोमिटरले आधुनिकताको टच थप्नुका साथै राइडको समयमा एकै झलकमा महत्त्वपूर्ण जानकारी पनि प्रदान गर्दछ । टिभिएस एनटर्क ड्रम रेडको मूल्य रु. २,३५,९०० रहेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा टिभिएस महाएक्सचेन्ज महोत्सव आगामी शनिबारसम्म जारी रहनेछ । यस महोत्सवमा ग्राहकले कुनै पनि बाइक र स्कुटर टिभिएस ब्रान्डका प्रोटक्टसँग एक्सचेन्ज गर्दा रु. ५०,००० को थप एक्सचेन्ज भ्यालु पाउन सक्नेछन् ।

साथै यस महाएक्स्चेन्ज महोत्सवमा शुन्य प्रतिशत ब्याजदरमा २५ प्रतिशतसम्मको डाउन पेमेन्टमा टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्न सकिनेछ भने हेल्मेट, बाइक कभर र ब्याग पनि निशुल्क रुपमा प्राप्त गर्न सकिनेछ ।

त्यसैगरी यस महोत्सवमा नकिन्दा एक लाख र किन्दा ५ लाख सम्मको नगद छुट पनि प्राप्त गर्न सकिनेछ भने बम्पर उपहारमा १० लाखसम्म जित्न सकिनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.