add

अब २० प्रतिशत डाउनपेमेन्टमै टीभीएसका मोटरसाइकल किन्न सकिने






ActPro Nepal

|

१६ साउन, २०७९

|
462

काठमाडौँ । नेपालका लागि टीभीएस मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ ‘बब्बाल फाइनान्स अफर’ ल्याएको छ।

योजनाअन्तर्गत ग्राहकहरुले टीभीएस मोटरसाइकल र स्कुटर २० प्रतिशत डाउनपेमेन्ट सुविधामा अथवा न्यूनतम ईएमआई क्रमश: जुपिटरमा ३ हजार ९ सय ८ रुपैयाँ, एनटर्क स्क्वाड संस्करणमा ५ हजार २५४ रुपैयाँ र अपाचे आरटीआर २०० फोरभीमा ६ हजार ८२२ रुपैयाँ पाउनेछन्। त्यसैगरी अपाचे आरटीआर २०० फोरभीको नगद खरिदमा ग्राहकहरूले टीभीएस रेसिङ ज्याकेट नि:शुल्क प्राप्त गर्न सक्नेछन्।

त्यसका साथै कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटर एक्सचेन्ज गरी नयाँ टीभीएस खरिद गर्दा बजारकै उत्कृष्ट मूल्याङ्कनका गराउने टीभीएस ले जनाएको छ। योजनाअन्तर्गत ग्राहकहरुले झन्झट मुक्त कागजात प्रक्रिया बाट टीभीएस मोटरसाइकल र स्कूटर खरिद गर्न सक्नेछन्।

यस योजनाको सन्दर्भमा बोल्दै टीभीएसका प्रबन्धनिर्देशक दीपक रौनियारले भने, “हामी यो फाईनान्स योजनाले हाम्रा ग्राहकहरुलाई टीभीएस खरिद गर्न अझै सजिलो बनाउन खोजेका हौँ। हामी आशा गर्दछौं कि यो फाइनान्स योजनाले ग्राहकहरुलाई नयाँ टीभीएस मोटरसाइकल र स्कुटर खरिदका लागि आर्थिक भार कम गर्नेछ र हामी बजारबाट उत्कृष्ट प्रतिक्रियाको अपेक्षा गर्दछौँ।”

त्यसका साथै कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ टीभीएस खरिद गर्दा बजारकै उत्कृष्ट मूल्यांकनका गराउने टीभीएसले जनाएको छ। यस योजनाअन्तर्गत ग्राहकले झन्झटमुक्त कागजात प्रक्रियाबाट टीभीएस मोटरसाइकल र स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएस दुईपांग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक हो। नेपालमा १३७ भन्दा बढी डिलर र २०० भन्दा बढी सेवा र स्पेयर पार्ट्स स्टेसनहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ टीभीएसले बजारमा आफ्नो बलियो पकड कायम राख्न र ग्राहकको मनमा स्थान बनाउन सक्षम भएको छ। गुणस्तरीय उत्पादन, बिक्रीपछिको सेवा र देशभर ब्याकअप पार्टपुर्जाको उपलब्धतामार्फत उपभोक्तालाई दिएको उच्चतम सन्तुष्टिका कारणले आज टीभीएस नेपालमा सबैभन्दा रुचाइएको दुईपांग्रे ब्रान्ड बनेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.