add

चालक अनुमतिपत्र लिँदै वा नवीकरण गर्दै हुनुहुन्छ ? यस्तो छ शुल्क






ActPro Nepal

|

२४ भदौ, २०७८

|
1960

काठमाडौं ।  कोरोना भाइरसको संक्रमण बढ्दै गएसँगै गत बैशाख १६ गतेदेखि अर्को सूचना प्रकाशन नहुँदासम्मको लागि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा गत आइतबारदेखि पुनः खुलेको छ ।

योसंगै फारम भरेर लिखित र ट्रायल परीक्षाको पर्खाइमा बसेका करिब ६ लाख मानिसको लाइसेन्स लिने प्रक्रिया अघि बढेको छ । यद्यपी यातायात व्यवस्था विभागले लाइसेन्सको नयाँ आवेदन भने अझै खुलाएको छैन् ।

तपाईं पनि लाइसेन्स लिने प्रक्रियामा हुनुहुन्छ र तपाईंलाई यस प्रक्रियामा शुल्क कति लाग्छ भन्ने थाहाँ छैन् भने यो सूचना तपाईंको लागि उपयुक्त हुनसक्छ ।

जुनसुकै सवारीको लाइसेन्स प्राप्त गर्न आवेदन दिने व्यक्तिले सुरुमा ५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । नवीकरण गर्दा भने मोटरसाइकल, कार/जिप/भ्यान, मिनिबस/मिनिट्रक, मेसिनरी उपलकरणको भिन्दा भिन्दै शुल्क रहेको छ ।

मोटरसाइकलको नवीकरण शुल्क १५ सय रुपैयाँ र वर्ग थपका लागि ५ सय रुपैयाँ शुल्क लाग्ने व्यवस्था बागमती प्रदेश सरकारले गरेको छ । प्रदेश सरकारले ‘प्रदेश आर्थिक ऐन २०७८’ मा केही फेरबदल गरेर नयाँ शुल्क तय गरेको थियो ।

कार/जिप/भ्यानको नवीकरण शुल्क २ हजार रुपैयाँ र वर्ग थप गर्न ५ सय रुपैयाँ नै तोकिएको छ । मिनिबस/ मिनिट्रकको नवीकरण गर्न २ हजार ५ सय र वर्ग थपका लागि १ हजार रुपैयाँ शुल्क लाग्छ ।

त्यसैगरि ट्रक, बस र लहरी र मेसिनरी उपलकणको नवीकरण र वर्ग थपका लागि समान शुल्क क्रमशः ३ हजार र १ हजार रुपैयाँ लाग्छ । नयाँ लाइसेन्स लिनेले परीक्षा पास गरेपछि नवीकरणका लागि तोकिएकै शुल्क राजश्व तिरेर लाइसेन्स पाउने व्यवस्था छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.