add

असार मसान्तभित्र सवारीसाधन दस्तुर बुझाए जरिवाना नलाग्ने






ActPro Nepal

|

२४ असार, २०७८

|
694

जनकपुरधाम । प्रदेश नं २ सरकारले सवारीसाधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको छ ।

कोभिड अवधिसम्मका लागि यातायातमा लाग्ने जरिवाना छुट गर्ने निर्णय भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको हो ।  लामो समयदेखिको निषेधाज्ञाका कारण सवारीको शुल्क र दस्तुर बुझाउन नसक्ने अवस्था सिर्जना भएको भन्दै यस्तो निर्णय गरिएको भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले बताए ।

निषेधाज्ञाका कारण सार्वजनिक सवारी साधनहरु सञ्चालनमा नआएको र यातायात कार्यालय समेत बन्द रहेकाले सरकारले जरिवाना छुट दिने निर्णय गरेको उनले बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.