add

मेरो विजयले अर्थतन्त्रका नयाँ आयामहरु खोज्न ठूलो सहयोग पुग्नेछः पराजुली






ActPro Nepal

|

२१ कार्तिक, २०७९

|
709

गणेश पराजुली

प्रतिनिधिसभा सदस्य उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं क्षेत्र नम्बर ७ 

नेपालमा थुप्रै सम्भावना भएपनि ती सम्भावनालाई यथार्थमा बदल्नको लागि राष्ट्रप्रेमको भावना भएका र मुलुकलाई सही दिशा दिन सक्ने व्यक्तिहरु अगाडि बढ्न नसकेको स्थितिमा अब कसैले त हिम्मत गर्नैपर्छ भन्ने महसुस गरेर यसपटक आफू निर्वाचनमा होमिएको बताउँछन् गणेश पराजुली । उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ७ मार्फत प्रतिनिधिसभाको लागि घण्टी चिन्ह लिएर उम्मेदवारी दिएका छन् ।

पराजुली मुलुकको वेथितिको अन्त्य गर्दै स्वदेशमै अवसरको खोजी एवं युवाहरुलाई सही दिशा निर्देशनको लागि आफ्नो उम्मेदवारी निकै महत्वपूर्ण हुने दावी गर्छन् । पराजुली एक सफल उद्यमी पनि हुन् ।

पराजुलीको विगतको पृष्ठभूमि, व्यावसायिक अनुभव एवं नेपालको सम्भावना सम्बन्धमा केन्द्रित रही तयार पारिएको सामाग्री यहाँ प्रस्तुत गरिएको छ ।

को हुन् गणेश पराजुली ?

खोटाङमा जन्मिएका गणेश पराजुली लामो समय देखि निर्यातजन्य वस्तुहरुको उत्पादनमा जोडिएर काम गर्दै आएका छन् । बालाजु नजिक चमतीमा हिमालयन ह्याण्डिक्राफ्ट इण्डष्ट्रिज सञ्चालन गर्दै आएका उनले आफ्नो उद्योग मार्फत प्रत्यक्ष रुपमा करिब ४० जना व्यक्तिहरुलाई रोजगारी उपलब्ध गराउँदै आएका छन् । हाल उनी गाँजामा आधारित विभिन्न रेशाजन्य निर्यातमूलक सामान (कपडा)हरु उत्पादन गरी निर्यात कार्यमा संलग्न छन् ।

पराजुली उच्च शिक्षा अध्ययनको उद्देश्यले काठमाडौं प्रवेश गरेका हुन् । आफ्नो पारिवारिक स्थितिले गर्दा पराजुलीलाई अध्ययन सँगसँगै कुनै जागिरमा समेत जोडिनुपर्ने स्थिति थियो । जागिरको क्रममा उनले एक निर्यातजन्य वस्तु उत्पादन गर्ने कम्पनीमा करिब ३ बर्ष काम गरे । त्यसपछि भने पराजुली आफैं निर्यातजन्य कार्यमा संलग्न हुने मानसिकतामा पुगे । नेपालमा उत्पादन कार्यमा संलग्न रहँदै आएका उत्पादकहरुसँग जोडिएर उनले ती सामानहरु निर्यात गर्ने योजना बनाए ।

व्यावसाय विस्तारको लागि इन्टरनेट बन्यो साथी

पराजुली व्यवसायमा संलग्न हुने समयमा नेपालमा इन्टरनेट भर्खर सुरुवात भएको थियो । विश्वव्यापी सञ्जालको नयाँ माध्यमको रुपमा शुरुवात भएको इन्टरनेटमा पराजुलीले राम्रो सम्भावना देखे । नेपालमा उत्पादित हस्तकलाजन्य सामाग्रीहरु इन्टरनेटमा उपलब्ध गराई नवविकसित प्रविधिको प्रयोगलाई अपनाएर लाभ लिने निष्कर्ष सहित उनी व्यवसायमा अघी बढे । इन्टरनेट मार्फत गरेको व्यवसायले पराजुलीलाई अगाडि बढाउनमा निकै महत्वपूर्ण भूमिका निर्वाह ग¥यो ।

गणेश पराजुली नेपालमा राम्रा सम्भावनाहरु देखेका जागरुक युवा उद्यमी हुन् । आफू संलग्न भएका सबैजसो व्यवसायमा उनी सफल छन् । बदलिँदो परिवेश बमोजिम व्यवसायका तौरतरिकाहरुमा पनि परिमार्जन गर्दै जानुपर्ने आवश्यकता महसुस गर्छन् पराजुली ।

व्यावसायिक शुरुवात र लगानी विविधिकरण

व्यवस्थापन सङ्कायमा स्नातक तह सम्मको अध्ययन पूरा गरेका पराजुली नेपालमा प्रयाप्त अवसरहरु रहेको बताउँछन् । आफू व्यवसायमा संलग्न भएपश्चात्का विभिन्न उतारचढावहरुलाई उनले नजिकबाट महसुस गरेका छन् । माओवादी जनआन्दोलनको समयमा निकै कठिनाई बीच काम गर्नुपर्ने स्थितिलाई उनले नजिकबाट महसुस गरे । थुप्रै व्यवसायीहरु त्यसबेला विस्थापित समेत भएको उनले प्रत्यक्ष देखे । यद्यपि पराजुली व्यवसायबाट बाहिरिने सम्बन्धमा भने कहिल्यै सोचेनन् । नेपालमा नै अवसर खोज्नुपर्छ भन्ने मान्यता सहित कर्मपथमा निरन्तर अघी बढिरहेकै कारण पराजुली अहिले आफूलाई एक सफल उद्यमीको रुपमा स्थापित गर्न सकेका हुन् ।


अहिले पराजुलीले आफ्नो लगानी उत्पादन तथा निर्यातजन्य उद्योग, होटल तथा हस्पिटालिटी, कफी शप लगायत विभिन्न क्षेत्रमा विविधिकरण गरेका छन् । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लबमा समेत संलग्न रही विभिन्न सामाजिक गतिविधिहरुमा उनी संलग्न हुने गरेका छन् ।

नेपाल सम्भावनायुक्त देश हुँदाहुँदै पनि यहाँका जनताको अवस्था माथि उठ्न नसकेकोमा पराजुली चिन्ता व्यक्त गर्छन् । समग्र मुलुकको अपेक्षाकृत विकासको लागि यहाँका सबै मानिसहरुको चेतनास्तरमा पनि उच्च विकास हुनुपर्छ भन्ने पराजुलीको बुझाई छ । उनी भन्छन्, ‘नेपाल राम्रो सम्भावनायुक्त देश भएपनि राज्यका नीतिका कारण हामीले राम्रो लाभ लिन सकेका छैनौं ।’

नेपाल एक सम्भावनायुक्त मुलुक भएको र काम गर्ने जोश जाँगर एवं व्यवस्थित योजना भएका व्यक्तिहरुलाई उचित व्यवस्थापन गर्न सकेको खण्डमा यहीँ बसेर राम्रो लाभ लिन सकिन्छ । कामको लागि बाहिर जानुपर्ने बाध्यता नेपालको लागि थिएन । त्यो अवस्था कृत्रिम रुपमा सृजना गरिएको पराजुलीको धारणा छ ।

 गाँजा खेतीको सम्भावना

पराजुली नेपालमा भएका सम्भावनाहरु मध्ये गाँजा पनि एउटा हुन सक्ने बताउँछन् । जसबाट कम लागतमा उच्च लाभ लिन सकिन्छ । गाँजालाई सही तवरले उपयोग गर्नसके यसबाट बहुपक्षीय लाभ लिन सकिन्छ । तैपनि अहिले सम्म नेपालमा गाँजा खेतीले कानुनी मान्यता पाउन नसकेकोमा चिन्तित छन् पराजुली । यसो हुनुमा राज्य प्रतिको बुझाईमा कमजोरी रहेको ठान्छन् पराजुली । अहिले सम्म नेपालले गाँजालाई लागु औषधको सूचीमा राख्दै आएको छ । जसरी गाँजालाई विगतमा प्रतिबन्धित गरेका अन्य देशहरुले यसको प्रतिबन्ध हटाई लाभ लिइरहेका छन्, त्यसरी नै नेपालमा पनि गाँजालाई सही तवरले प्रयोगमा ल्याउन सक्नुपर्छ । यसो गर्न अब ढिलाई भइसकेको छ । यद्यपि नेपालमा अहिले सम्म गाँजालाई कानुनी मान्यता नदिइएको परिप्रेक्ष्यमा पनि यसको यदाकदा खेती भई उत्पादन हुनु आफैंमा एउटा उपलब्धि हुन सक्ने गणेशको बुझाई छ ।

गाँजाका उत्पादनहरुबाट अर्बौंको लाभ

गाँजाबाट रेसाजन्य कपडाहरु उत्पादन गर्न सकिन्छ । यस्ता गाँजाबाट उत्पादित कपडाको निर्यातको सम्भावना राम्रो छ । नेपालमा अहिले पनि केही मात्रामा यसका रेशाबाट कपडा उत्पादन हुँदै आएका छन् । पराजुलीले आफ्नो उद्योगबाट अहिलेकै अवस्थामा बार्षिक करिब ८ करोड रकम बराबरका गाँजाका रेशामा आधारित कपडाहरु उत्पादन गरी विदेश निर्यात गर्दै आएका छन् । यसको कच्चा पदार्थ समेत स्वदेशी नै हुने भएकोले कच्चा पदार्थ आयातको लागि बाहिरिने रकम समेत नेपालमा नै रोक्नमा गाँजाले सहयोग पु¥याएको छ । जसबाट कम लागतमा उच्च मूल्यका वस्तु उत्पादन र निर्यात गरी राष्ट्रको कूल ग्राहस्थ उत्पादन वृद्धिमा पनि ठूलो योगदान पुग्न सक्छ । यसकारण राज्यले नै गाँजाको उत्पादन खुल्ला गरी अन्य उत्पादनमूलक कार्यमा संलग्न व्यवसायीहरुलाई प्रोत्साहित गर्नु जरुरी छ । राज्यले वैधानिक रुपमा गाँजा खेतीलाई खुला गर्न सकेको खण्डमा बार्षिक अर्बौं रकम बराबरको विदेशी मुद्रा नेपालमा आर्जन गर्न सकिन्छ ।

नेपालका अन्य राम्रो सम्भावना बोकेका प्राकृतिक उत्पादनको खोजी एवं पहिचान गरेर ती वस्तु प्रशोधन सहित बाहिर निर्यात गरेमा नेपालले राम्रो लाभ लिन सक्छ । कृषि, पर्यटन, जलस्रोत, खनिज लगायतका क्षेत्रहरु पनि नेपालको लागि राम्रो सम्भावना भएका क्षेत्रहरु हुन् । ती क्षेत्र मार्फत पनि हामीले लाभ सकिने प्रयाप्त सम्भावनाहरु छन् ।

गाँजाका अन्य फाइदाहरु

गाँजाका दानालाई स्वास्थ्यको दृष्टिकोणले निकै महत्वपूर्ण पौष्टिक आहारको रुपमा समेत नियमित प्रयोग गर्न सकिन्छ । गाँजा एक बहुउपयोगी वनस्पति हो । यसलाई खाद्यान्न, औषधी, लत्ताकपडा लगायत विविध कार्यमा प्रयोगमा ल्याउन सकिन्छ । नेपाल गाँजा खेतीको लागि उपयुक्त भूमि समेत हो । गाँजाको थप अनुसन्धान गरी यसका अन्य उपयोगिताहरु सम्बन्धमा खोजी गर्न राज्य क्रियाशिल बन्नुपर्ने आवश्यकता समेत छ ।


अन्य सम्भावनाहरु पनि खोजी गर्नुपर्छ

गणेश पराजुली प्राकृतिक स्रोतसाधनले सम्पन्न नेपालमा थुप्रै सम्भावनाहरु रहेको बताउँछन् । नेपालका अन्य राम्रो सम्भावना बोकेका प्राकृतिक उत्पादनको खोजी एवं पहिचान गरेर ती वस्तु प्रशोधन सहित बाहिर निर्यात गरेमा नेपालले राम्रो लाभ लिन सक्छ । कृषि, पर्यटन, जलस्रोत, खनिज लगायतका क्षेत्रहरु पनि नेपालको लागि राम्रो सम्भावना भएका क्षेत्रहरु हुन् । ती क्षेत्र मार्फत पनि हामीले लाभ सकिने प्रयाप्त सम्भावनाहरु छन् । नेपाली युवाहरु स्वदेशमा नै काम गर्न लालायित छन् । ती युवालाई नेपालमा नै रोक्न सकेको खण्डमा नेपालले छोटो समयमा नै ठूलो फड्को मार्न सक्ने सम्भावना देखेका छन् पराजुली । यी विविध वस्तुस्थितिलाई यथार्थतामा बदल्नको लागि आफू यसपटक प्रतिनिधिसभा निर्वाचनमा होमिएको पराजुलीको तर्क छ ।

अन्त्यमा

नेपाल एक सम्भावनायुक्त मुलुक भएको र काम गर्ने जोश जाँगर एवं व्यवस्थित योजना भएका व्यक्तिहरुलाई उचित व्यवस्थापन गर्न सकेको खण्डमा यहीँ बसेर राम्रो लाभ लिन सकिन्छ । कामको लागि बाहिर जानुपर्ने बाध्यता नेपालको लागि थिएन । त्यो अवस्था कृत्रिम रुपमा सृजना गरिएको पराजुलीको धारणा छ ।

समयक्रम बदलिँदै गएको र नयाँ प्रविधिको विकास समेत सँगसँगै हुँदै गएको स्थितिमा हाम्रा काम गर्ने तौरतरिकाहरु पनि बदल्दै जानुपर्ने पराजुलीले महसुस गरेका छन् । विश्वव्यापीकरणको अहिलेको अवस्थामा व्यवसायी परम्परागत तवरले मात्र संलग्न भएर नपुग्ने उनको ठहर छ । यसैकारण परिस्थिति बमोजिम हरेकले आफूलाई परिमार्जित गर्दै लैजान सक्नुपर्ने उनको धारणा छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.