add

लागुऔषधसहित दुई जना पक्राउ






ActPro Nepal

|

२१ जेठ, २०८१

|
190

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ घर भई बस्ने ३६ वर्षीया सपना भुजेल र ४१ वर्षीय कुमार भुजेल रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

‘विशेष सूचनाका आधारमा कोटेश्वरस्थित एक रेष्टुराँमा खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेका हौं,’ उनले भने।

पक्राउ परेकाको साथबाट प्रहरीले डिजिटल तराजु दुई थान तथा नेपाली नगद ५५ हजार समेत बरामद गरेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.