हिम पर्वत हाइड्रोपावरले पायो आईपीओ निष्कासन अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डको गत शुक्रबार बसेको बैठकले हिम पर्वत हाइड्रोपावरलाई ५९ लाख बढी कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

अनुमति पाएसँगै कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता आईपीओ निष्कासन गर्ने छ ।

आईपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।

बोर्डले वैशाख २ गते यता कुनैपनि कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थिएन । त्यसको ५ महिनापछि हिम पर्वत हाइड्रोले आईपीओ निष्कासनको अनुमति पाएको हो ।

कम्पनीले २०८१ मंसिर ५ गते आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।

हिम पर्वत हाइड्रोपावरले ५.५ मेगावाटको सागु खोला–१ र २० मेगावाटको सागु खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०८२ सालदेखि विद्युत् उत्पादन गर्दै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।