add

चिनियाँ अपहरण प्रकरण : न्यायाधीशका पीएसओ र घुमुवा प्रहरी सहित ६ जना पक्राउ






ActPro Nepal

|

१९ साउन, २०७९

|
701

काठमाडौं ।  बुधबार राति  दरबारमार्ग क्षेत्रबाट  एक जना चिनियाँ नागरिकलाई अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा  ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चिनियाँ नागरिकलाई अपहरण गर्न उच्च अदालत पाटनका एक न्यायाधीशका पीएसओ ३७ वर्षीय हवलदार कर्ण गुरुङ र महानगरीय प्रहरी वृत्त बालाजुका घुमुवा २८ वर्षीय शिव सुनुवार पनि संलग्न रहेको खुलासा भएको छ।

गुरुङले बोक्दै आएको सरकारी पेस्तोल देखाएर अपहरणमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ।

चिनियाँ नागरिक अपहरण प्रकरणमा उनीहरूसँगै २८ वर्षीय लक्ष्मण गुरुङ, २९ वर्षीय रोहित मगर, २८ वर्षीय विशाल मगर र २७ वर्षीय विनोद केसी पनि पक्राउ परेका छन्।

दुईजना प्रहरीसहित अन्य चारजना मिलेर ती चिनियाँलाई अपहरण गरी बन्धक बनाएका उनीहरूले चिनियाँ नागरिकसँग एक करोड रुपैयाँ फिरौती बार्गेनिङ गरेका थिए।

ती चिनियाँ नागरिकका आफन्त ५० लाख रुपैयाँ दिन तयार भएसँगै फिरौती रकम लिन आएका बेला बिजी मलअगाडिबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.