add

अख्तियारद्वारा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा






ActPro Nepal

|

२८ साउन, २०७८

|
805

धरान। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । बिहीबार दिउँसो आयोगको केन्द्रबाटै खटिएको टोलीले प्रतिष्ठानमा छापा मारेको हो ।

स्वास्थ्य सामग्री खरिद र निर्माण लगायतमा करोडौंको अनियमितता भएको र यसको छानविन हुनुपर्ने उजुरी परेपछि प्रतिष्ठानमा छापा मारेर खरिदसम्बन्धी कागजातहरु नियन्त्रणमा लिएको अख्तियार स्रोतको भनाइ छ । प्रतिष्ठानमा पदाधिकारीहरुकै मिलेमतोमा आर्थिक अनियमितता भइरहेको आरोप लगाउँदै चिकित्सक तथा विद्यार्थीहरुले छानबिनको माग गर्दै आएका छन् ।

यही विषयमा लामो समयदेखि काठमाडौंलगायत स्थानमा आन्दोलन जारी छ । सिटी स्क्यान, एमआरआई मेसिन साथै ल्याबमा प्रयोग हुने औजारलगायत स्वास्थ्य उपकरण खरिदमा आर्थिक अनियमितता भएको उजुरीमा दाबी गरिएको छ । विभिन्न समयमा गठित छानबिन समितिले पनि प्रतिष्ठानमा अनियमितता भएको ठहर गरेका थिए ।

प्रतिष्ठानमा अनियमितता भएको भन्दै सरोकारवाला आन्दोलनमा उत्रेपछि विवाद समाधानका लागि सरकारले १ साउनमा आठ सदस्यीय कार्यदल बनाएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालय, कनुन मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय सार्वजनिक खरिद अनुगमन कार्यालय र प्रतिष्ठानका कर्मचारी रहेको उक्त कार्यदलले पनि अनियमितताको आशंका गरेको थियो ।  



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.