add

रवि लामिछाने विरुद्ध कास्की अदालतमा मुद्दा दर्ता, २८ कराेड बिगाे दाबी






ActPro Nepal

|

८ पुष, २०८१

|
57

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायत ३१ विरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

आइतबार सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतमा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेकाे हो ।

सरकारी वकिल कार्यालय कास्कीले ४५० पेजको अभियोगपत्र दर्ता गराएको छ । सरकारी वकिल कार्यालयका अनुसार सहकारी ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ ।

सहकारी ठगीमा  विभिन्न ८ वटा कम्पनीविरुद्ध पनि मुद्दा दर्ता भएको छ । त्यस्तै, ५ जनाको सम्पत्ति जफत गर्नुपर्ने सरकारी वकिलको कार्यालयको राय छ ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार ७०० रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरिएको छ। त्यस्तै, जोशीविरुद्ध ७४ करोड ३४ लाख ७१ हजार रुपैयाँ बढी बिगो दाबीसहित मुद्दा दायर गरिएको छ । अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित अभियोगपत्र दर्ता गरिएकोको छ ।

पोखराको सूयदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । उनी माथि कास्कीसहित अन्य जिल्लासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।

साेही प्रकरणामा शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पहिलो चरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियाे । उनीहरू विरुद्ध पूरक अभियोग दर्ता भएको हो । १९ जना विरुद्ध यसअघि नै १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो ।

शुक्रबार थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित अभियोग दर्ता भएको हो । योसँगै कुल बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ बिगो पुगेको छ ।

शुक्रबार जीबी, भूपेन्द्र राई, थानबहादुर बुढा, कैलाशकुमार दर्लामी, धीरजकुमार दास, कुमार रम्तेल, हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराई  विरुद्ध अभियोग दर्ता भएको थियाे।

त्यस्तै, अनुज नकर्मी, सुरज श्रेष्ठ, शिवबहादुर गुरुङ, भविश्वर अर्याल, आइस्मा गुरुङ, सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, सृष्टि मानन्धर, बुद्धि गुरुङविरुद्ध पनि थप अभियोग दर्ता भएको थियाे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.