काठमाडौं । सूर्यदर्शन सहकारी प्रकरणका अभियुक्त लिला पछाईंले गितेन्द्र बाबु राईले नै आफूलाई सेयर कारोबारका लागि दिएको रकम प्रयोग गरेको बयान दिएका छन् ।
सर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेर प्रतिवादी बनाइएकी पछाईंले भनेकी छिन्,‘‘ म स्वर्णलक्ष्मीको सहकारीको क्यासियरको रुपमा जागिर गरेको हो । ८ हजार ५०० रुपैयाँमा सुरु गरेको जागिर ६ महिनापछि २० हजार पुगेको थियो । २ वर्ष काम गरेपछि भने जीबी राइले नै घर गाडी र स्कुटर खरिद गर्न रकम दिएपछि लिएको हुँ । त्यसका लागि ५ करोड चौध लाख २६ हजार रुपैयाँ विभिन्न माध्यममार्फत मेरो खातामा आएको हो ।”
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।