त्रिविको उपकुलपति सिफारिस गर्न शिक्षामन्त्रीको नेतृत्वमा समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। सरकारले त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपति नियुक्तिका लागि प्रक्रिया अगाडी बढाएको छ ।

गत कार्तिक १८ गते उपकुलपति डा।धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएपछि नयाँ उपकुलपति नियुक्त गर्न सरकारले प्रक्रिया अघि बढाएको हो । त्यसका लागि शुक्रबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन गरेको छ ।

मन्त्री राई नेतृत्वमा मन्त्रालयका सचिव सुरेश अधिकारी र त्रिविको वौद्ध अध्ययन विभाग प्रमुख डा।चन्द्रकला घिमिरे रहेको समिति गठन गरेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।