add

विद्यालय बन्द गरी पुन अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव






ActPro Nepal

|

२७ चैत, २०७७

|
882

काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संस्या ह्वात्तै बढेपछि नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ ।

पछिल्ला केही दिनयता नेपालभर संक्रमणको दर बढ्दै गएको छ। बिहीबार मात्रै तीन महिनायताकै धेरै ३ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

केही दिनयता देखिएका संक्रमितहरु बेलायतको नयाँ भेरियन्टसँग मिल्दोजुल्दो रहेको मन्त्रालयले जनाएको छ। कोरोना रोकथामको लागि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ ।

पछिल्लो समय विद्यार्थीमा पनि कोरोना भाइरस संक्रमण देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग आग्रह गरेको हो ।

दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयको भनाइ छ। पछिल्लो समय कोरोना भाइरसका नयाँ भेरिएन्ट स्कुले बालबालिकाहरूमा देखिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

त्यसैले भिडभाड हुने रेष्टुरेन्ट, सिनेमा हल, पार्टी प्यालेस र विद्यालय लगायतका क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो । सिफारिसमा सिनेमा हल, रेस्टुरेन्ट, पार्टी प्यालेस बन्द र स्विमिङ पुल बन्द गर्नुपर्ने उल्लेख गरिएको छ।

सरकारले दोस्रो चरणको कोरोना फैलिन नदिन विद्यालयसहित अन्य सार्वजनिक क्षेत्र पनि बन्द तयारी गरेको हो। केही महिनादेखि विद्यार्थी भौतिक रुपमा उपस्थित पठनपाठन सञ्चालन हुँदै आएको छ ।

केही महिनादेखि विद्यालय र कलेज भौतिक उपस्थितिमा नै खुलिरहेका छन्। पार्टी प्यालेस र रेस्टुरेन्टहरुमा भीड देखिन थालेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.