काठमाडौं। नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको महामारीबाट प्रभावित व्यवसायीको धितो तत्काल लिलामी नहुने व्यवस्था गरेको छ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दै ६ महिनाभन्दा बढीको ब्याज बक्यौता नभए धितो लिलाम नहुने नीतिगत व्यवस्था गरेको हो ।
यसले कोभिड १९ बाट प्रभावित व्यवसायलाई खराब हुनबाट बचउने छ । राष्ट्र बैंकले कोरोनाबाट अति, मध्यम वा न्यून प्रभावितमध्ये कस्ता व्यवसायीले यो व्यवस्था भोग गर्न पाउने भन्ने खुलाएको छैन।
Comment