काठमाडौं । चालू आर्थिक वर्षको पछिल्लो तिन महिनामा नेपालमा रेमिट्यान्स आप्रवाह १२.६ प्रतिशतले बृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनु्सार यस समयमा दुई खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही समयमा ५.१ प्रतिशत रेमिट्यान्स घटेको थियो ।
पछिल्लो समय वैदेशिक रोजगारीका श्रम स्वीकृति लिने मानिसको संख्यामा भने निकै कमी आएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा श्रम स्वीकृति लिने मानिसको सङ्ख्या ९६.८ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३ दशमलव ७ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर १०.२ प्रतिशतले वृद्धि भई रु.२८६ अर्ब ९१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले घटेको थियो।
Comment