काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार थप १८ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमित मध्ये काठमाडौं जिल्लाका १५ सय ७० जना, ललितपुरमा १८९ जना र भक्तपुरमा ११९ जनामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यसैगरी, आज देशभर ३३ सय नौजनामा संक्रमण पुष्टि भएको छ, भने ३८ सय ४४ जना संक्रमणमुक्त भएका छन्।
Comment