नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रेसको समाचार कक्षबाटै पक्राउ परेका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले रिहा गरेको छ। उनलाई केहीबेरअघि साइबर ब्युरोले रिहा गरेको हो।

प्रहरीले सुवेदीलाई नियन्त्रणमा लिएर नेपाल प्रेसमा प्रकाशित समाचारको स्रोत खुलाउन दबाब दिएको थियो। यसैक्रममा नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेल र अध्यक्ष विन्दुराज लम्साललाई समेत ब्युरोमा बोलाएर सोधपुछ गरिएको थियो।

प्रधान सम्पादक पौडेलले प्रकाशित समाचारको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएपछि प्रहरीले सुवेदीलाई रिहा गर्न सहमति जनाएको बताइएको छ।

पौडेलले समाचारको स्रोत खुलाउन भने अस्वीकार गरेका छन्।

समाचारको स्रोत संरक्षण गर्नु पत्रकारिताको व्यावसायिक धर्म र प्रेस स्वतन्त्रताको महत्त्वपूर्ण पक्ष मानिन्छ। समाचार कक्षबाटै पत्रकार पक्राउ गरिएको घटनाप्रति सञ्चार क्षेत्र तथा विभिन्न पक्षबाट विरोध र आलोचना भइरहेका बेला सुवेदी रिहा भएका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।