काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सुशासनको नारा लगाउन छाड्न सुझाव दिएकी छन्।
सञ्चारगृहबाटै प्रहरीले पत्रकारहरूलाई पक्राउ गर्न थालेपछि बमले रास्वपा वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै त्यसमा पञ्चायती शासनको झल्को देखिन थालेको टिप्पणी गरेकी छन्।
रास्वपा सभापति लामिछानेलाई सम्बोधन गर्दै उनले भनेकी छन्, ‘अब तपाईँको पार्टीले सुशासनको नारा नलगाउँदा हुन्छ। तपाईँको पार्टीले नेतृत्व गरेको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ।’
उनले कहिले मिडिया हाउसअगाडि आफ्नै कार्यकर्ता परिचालन गरेर गाडी तेर्स्याउने र कहिले मिडिया हाउसभित्रै प्रवेश गरेर पत्रकारलाई तर्साउने गतिविधि भइरहेको भन्दै आपत्ति जनाएकी छन्।
‘कहिले मिडिया हाउसअगाडि आफ्नै कार्यकर्ता लगाएर गाडी तेर्स्याउने, कहिले मिडिया हाउसभित्रै छिरेर पत्रकार तर्साउने, वाह ! तपाईँहरूको सुशासन,’ उनले असन्तुष्टि व्यक्त गर्दै भनेकी छन्।
पत्रकार पक्राउका घटनापछि अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सरकारको कार्यशैलीलाई लिएर विभिन्न क्षेत्रबाट प्रश्न उठ्न थालेका छन्।




Comment