पत्रकार विश्वमणि सुवेदी र शोभराज बराल प्रहरी नियन्त्रणमा, नवराज मैनालीको खोजीमा प्रहरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्यूज डटकमका अध्यक्ष एवं प्रधान सम्पादक शोभराज बराललाई नियन्त्रणमा लिएको छ। त्यस्तै, नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीको खोजी गर्दै प्रहरी कार्यालय पुगेको छ।

सुवेदीलाई मीनभवनस्थित नेपाल प्रेसको समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई पक्राउ पुर्जी नदिई नियन्त्रणमा लिइएको बताइएको छ।

यसैगरी, पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि सादा पोसाकका प्रहरी पुगेका छन्। कार्यालयमा पुगेका चार–पाँच जना प्रहरीले माथिको आदेश भन्दै पत्रकार नवराज मैनालीलाई उपलब्ध गराउन खोजी गरेका थिए।

प्रहरीले मैनालीलाई नियन्त्रणमा लिन खोजे पनि पक्राउ पुर्जी भने साथमा नल्याएको बताइएको छ।

पत्रकारलाई नियन्त्रणमा लिने र पक्राउ पुर्जीबिनै खोजी गर्ने प्रहरी गतिविधिले प्रेस स्वतन्त्रता तथा पत्रकारको सुरक्षासम्बन्धी प्रश्न उठाएको छ। सूचनाको स्रोतको गोपनीयता र पत्रकारको व्यावसायिक स्वतन्त्रताको सम्मान गर्दै कानुनी प्रक्रियाको पालना गर्नुपर्ने देखिन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।