संसदीय समितिमा आज प्रस्तावित राजदूतहरूको सुनुवाइ गरिंदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको आज संसदीय सुनुवाइ गर्दैछ ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९ः१५ बजे सुरू हुने समितिको १७औँ बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ हुने कार्यसूची तय गरिएको छ ।

बैठकमा भारतका लागि प्रस्तावित राजदूत डा. निश्चल नाथ पाण्डे, जनवादी गणतन्त्र चीनका लागि प्रस्तावित कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित चिरन जंग थापा र संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित पूर्वप्रधानसेनापति गौरव शमशेर ज.ब.रा.लाई आमन्त्रण गरी सुनुवाइ गरिनेछ ।

प्रस्तावित राजदूतहरूको सुनुवाइ अघि समितिले उनीहरूविरुद्ध परेका उजुरीका सम्बन्धमा उजुरीकर्ताहरूलाई बोलाएर छलफल गर्ने भएको छ । उजुरीकर्ताहरूसँगको छलफल सकिएपछि प्रस्तावित व्यक्तिहरूको कार्ययोजना र योग्यतासम्बन्धी सुनुवाइ अघि बढाइने संसद् सचिवालयले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।