काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो अवैध सुन बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले बिहीबार उक्त परिणामको सुन बरामद गरेको हो ।
बरामद भएको सुनमध्ये ११ किलो तयारी अवस्थामा र १० किलो प्रशोधन गर्न बाँकी अवस्थामा फेला परेको प्रहरी स्रोतले जनाएको छ । सुन बरामदसँगै प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा समेत लिएको छ ।
उक्त सुन कहाँबाट ल्याइएको हो र पक्राउ परेकाहरूको पहिचान के हो भन्ने विषयमा विस्तृत विवरण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले आज पत्रकार सम्मेलन गरेर थप जानकारी दिने तयारी गरेको छ ।




Comment