काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनमा ‘लोकतान्त्रिक संस्कृतिमा क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ शीर्षकको प्रतिवेदन प्रस्तुत गर्दै पार्टीभित्रको राजनीतिक संस्कार र कार्यशैलीमा व्यापक सुधारको प्रस्ताव गरेका छन्।
शर्माको प्रतिवेदनमा नेपाली राजनीतिमा देखिएको व्यक्तिकेन्द्रित राजनीति, गुटबन्दी, पहुँचका आधारमा अवसर वितरण, अपारदर्शिता र सार्वजनिक पदको दुरुपयोग जस्ता प्रवृत्तिलाई सुधारको प्रमुख विषयका रूपमा अघि सारिएको छ।
प्रतिवेदनमार्फत कांग्रेसले लोकतान्त्रिक संस्कृतिको पुनर्जागरणका लागि १५ वटा सार्वजनिक संकल्प अघि सारेको छ। कांग्रेसले व्यक्तिको विचारलाई प्राथमिकता दिने तर व्यक्तिलाई विचारभन्दा माथि राखेर व्यक्तिकेन्द्रित राजनीति नगर्ने जनाएको छ।
त्यस्तै, फरक विचारलाई स्वीकार गर्ने तर त्यसलाई स्थायी गुटका रूपमा विकास नगर्ने, प्रभावका आधारमा एउटै व्यक्तिले पटक–पटक पद दोहोर्याउने प्रवृत्तिलाई निरुत्साहित गर्ने र विचार तथा सिद्धान्तलाई अवसरअनुसार परिवर्तन नगर्ने संकल्प गरिएको छ।
पहुँचका आधारमा उम्मेदवारी नदिने
शर्माको प्रतिवेदनमा उम्मेदवार छनोटमा पहुँच र प्रभावको भूमिका घटाउने प्रस्ताव गरिएको छ। पार्टीभित्र उम्मेदवार छनोटलाई थप व्यवस्थित बनाउन ‘इलेक्सन ब्युरो’मार्फत नयाँ प्रणाली अघि बढाउने तथा प्राइमरीको पाइलट परियोजना सञ्चालन गर्ने प्रस्ताव छ।
निर्वाचनमा व्यक्ति र समीकरणभन्दा नीति र विचारमा आधारित प्रतिस्पर्धालाई प्राथमिकता दिने पनि प्रतिवेदनमा उल्लेख छ।
सार्वजनिक पदलाई निजी लाभको माध्यम नबनाउने
कांग्रेसले सार्वजनिक पदलाई व्यक्तिगत लाभको माध्यम नबनाउने, पार्टी नेतृत्व, सदस्य र समितिको अपारदर्शिता स्वीकार नगर्ने तथा कानुनी प्रक्रियामा राजनीतिक संरक्षणको प्रवृत्तिलाई अन्त्य गर्ने संकल्प गरेको छ।
त्यस्तै, चुनावी घोषणापत्रलाई निर्वाचनपछि बिर्सिने दस्तावेजका रूपमा सीमित नगरी त्यसको कार्यान्वयनको नियमित समीक्षा गर्ने र नागरिकप्रति जनप्रतिनिधिको जवाफदेहिता बढाउने प्रस्ताव गरिएको छ।
युवालाई नेतृत्वमा अवसर
प्रतिवेदनले नयाँ पुस्ताको राजनीतिमा सहभागितालाई पनि प्राथमिकतामा राखेको छ। योग्य युवालाई उमेरकै कारण नेतृत्वको प्रतीक्षामा सीमित नराख्ने तथा समावेशितालाई केवल संख्यामा सीमित नगर्ने कांग्रेसको संकल्प छ।
शर्माले यसअघि पनि कांग्रेसको १५औँ महाधिवेशनलाई नयाँ पुस्ता र नयाँ ऊर्जासँग जोडेर पार्टीको नयाँ यात्राको सुरुवातका रूपमा व्याख्या गरेका थिए। उनले महाधिवेशनपछि कांग्रेसलाई अझ बलियो र नयाँ पुस्ताको भावनालाई समेटेर अघि बढाउने बताएका छन्।
सामाजिक सञ्जाललाई विवादको होइन, संवादको माध्यम बनाउने
शर्माको प्रतिवेदनमा सामाजिक सञ्जालको प्रयोगलाई पनि लोकतान्त्रिक संस्कृतिसँग जोडिएको छ। सामाजिक सञ्जाललाई आन्तरिक विवादको अखडा नबनाउने र फरक विचारप्रति कटु प्रहारभन्दा स्वस्थ आलोचना तथा संवादको संस्कार विकास गर्ने प्रस्ताव गरिएको छ।
शर्माको प्रतिवेदनले कांग्रेसको आगामी राजनीतिक यात्रामा विरासतभन्दा विचार र योगदानलाई प्राथमिकता दिनुपर्ने धारणा अघि सारेको छ।
पार्टीभित्रको गुटगत राजनीतिलाई कमजोर बनाउँदै विचार, नीति, योजना र कार्यक्षमताका आधारमा आन्तरिक प्रतिस्पर्धाको वातावरण निर्माण गर्नुपर्नेमा प्रतिवेदनले जोड दिएको छ।
यससँगै कांग्रेसले नागरिकको विश्वासलाई राजनीतिक सफलताको प्रमुख मापदण्ड बनाउने तथा लोकतान्त्रिक संस्कृतिमा आएको क्षयलाई रोक्दै पार्टीलाई समयानुकूल




Comment