काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरो पाउन्डसहित कतिपय मुद्रा भने सस्तिएका राष्ट्र बैंकले जनाएको छ।
हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको थियो।
आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५ पैसा थियो।
गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरी आज युरो १ को खरिददर १७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रुपैयाँ १७ पैसा छ। हिजो युरो १ को खरिददर १७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७७ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ १३ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९३ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ १५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ९५ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ २८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ १० पैसा थियो।
त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ २० पैसा र बिक्रीदर ४९९ रुपैयाँ १५ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ६२ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४०७ रुपैयाँ १२ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ५३ पैसा थियो।
त्यसैगरी आज स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२० रुपैयाँ १२ पैसा तोकिएको छ।
आज जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८० पैसा र बिक्रीदर २२ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७१ पैसा र बिक्रीदर ४० रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४२ रुपैयाँ ११ पैसा कायम भएको छ।
त्यसैगरी आज थाई भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २१ पैसा र बिक्रीदर ११ रुपैयाँ २५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५ रुपैयाँ ५५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३४ पैसा र बिक्रीदर २३ रुपैयाँ ४३ पैसा तोकिएको छ।
आज हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ६७ पैसा रहेको छ।
त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर





Comment