हुन्डाईको ‘अल-न्यु भेन्यु’ अब भैरहवा, बुटवल र दाङमा उपलब्ध, मूल्य कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हुन्डाईको लोकप्रिय कम्प्याक्ट एसयुभी ‘अल-न्यु भेन्यु’ अब भैरहवा, बुटवल र दाङमा पनि औपचारिक रूपमा भित्रिएको छ । यससँगै भैरहवा, बुटवल, दाङ तथा आसपासका ग्राहकहरूले हुन्डाईको यो नयाँ र आधुनिक कम्प्याक्ट एसयुभीको प्रत्यक्ष अनुभव लिन पाउनेछन् ।

नयाँ भेन्युमा आकर्षक र बोल्ड डिजाइनका साथै आरामदायी फिचर, अत्याधुनिक प्रविधि र उत्कृष्ट पर्फर्मेन्सको सम्मिश्रण पाउन सकिन्छ । यसको फराकिलो र बलियो डिजाइनलाई ट्विन हर्न एलइडी डिआरएल, होराइजन एलइडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल र सिग्नेचर सी-पिलर गार्निसले अझ आकर्षक बनाएको छ।

गाडीको क्याबिनभित्र १०.२५ इन्चको सिसिएनसी इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, डिजिटल क्लस्टर तथा पावर्ड टिल्ट-एन्ड-स्लाइड सनरूफ जस्ता अत्याधुनिक फिचरहरू समावेश गरिएका छन्।

पर्फर्मेन्सका लागि अल-न्यु भेन्युमा काप्पा १.२ लिटर एमपीआई पेट्रोल र काप्पा १.० लिटर टर्बो जिडिआई पेट्रोल इन्जिनको विकल्प दिइएको छ। यसले दैनिक यात्राका लागि सहज पर्फर्मेन्सदेखि अझ बढी रेस्पोन्सिभ टर्बो पर्फर्मेन्ससम्मको विकल्प ग्राहकलाई प्रदान गर्नेछ। सुरक्षालाई ध्यानमा राख्दै यसमा ६ वटा एयरब्याग, एबिएस विथ इबिडी, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल (इएससि), भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट (भिएसएम) र हिल-स्टार्ट असिस्ट कन्ट्रोल (एचएसि) जस्ता सुरक्षा सुविधाहरू उपलब्ध गराइएको छ।

नेपाली बजारमा अल-न्यु भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यो गाडी मुख्यतया तीनवटा भेरियन्टमा उपलब्ध छ:

एचएक्स २ (१,१९७ सिसी पेट्रोल)

एचएक्स ५ प्लस (१,१९७ सिसी पेट्रोल)

एचएक्स ५ डिसिटी (९९८ सिसी पेट्रोल)

विभिन्न भेरियन्टको उपलब्धताले ग्राहकहरूलाई आफ्नो आवश्यकता र रुचिअनुसार गाडी छनोट गर्न सहज बनाउनेछ। अल-न्यु भेन्यु अहिले भैरहवा, बुटवल र दाङस्थित हुन्डाईका सोरुमहरूमा उपलब्ध भइसकेको छ। इच्छुक ग्राहकहरूले सोरुममै पुगेर यसको आकर्षक डिजाइन, आधुनिक प्रविधि, आरामदायी इन्टेरियर र उत्कृष्ट पर्फर्मेन्सलाई नजिकबाट अनुभव गर्न तथा थप जानकारी लिन सक्नेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।