काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका पर्यटकीय क्षेत्रमा सञ्चालित होटल तथा रेस्टुरेन्ट व्यवसायमा ठूलो क्षति पुगेपछि प्रभावित पर्यटन व्यवसायीको पुनरुत्थान तथा दीर्घकालीन पुनःस्थापनाका लागि होटल व्यवसायी महासंघ नेपालले पहल तीव्र बनाएको छ।
यसै क्रममा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’ले नेपाल उद्योग वाणिज्य महासंघ का अध्यक्ष अञ्जन श्रेष्ठ तथा बाढीपीडित पर्यटन व्यवसायीको पुनःस्थापनामा होटल व्यवसायी महासंघको पहल, नेपाल उद्योग वाणिज्य महासंघ समक्ष क्षतिको प्रारम्भिक विवरण पर्यटन समितिका पदाधिकारीसँग भेटघाट गरी बाढी प्रभावित होटल, साना रेस्टुरेन्ट तथा खाजाघरको क्षतिको प्रारम्भिक विवरण र नामावली हस्तान्तरण गरेका छन्।
बाढीपीडित पर्यटन व्यवसायीको पुनःस्थापनामा होटल व्यवसायी महासंघको पहल, नेपाल उद्योग वाणिज्य महासंघ समक्ष क्षतिको प्रारम्भिक विवरण पर्यटन समितिले आयोजना गरेको विशेष बैठकमा अध्यक्ष भण्डारीले प्रभावित क्षेत्रमा उद्धार तथा तत्काल राहतका काम सम्पन्न हुँदै गए पनि बाढीबाट क्षतिग्रस्त साना तथा मझौला पर्यटन व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन दीर्घकालीन पुनःस्थापनाको आवश्यकता रहेको बताए।
छलफलका क्रममा होटल व्यवसायी महासंघले बाढीका कारण विस्थापित तथा क्षतिग्रस्त व्यवसायीका लागि विशेष आर्थिक पुनरुत्थान प्याकेज र अनुदानको व्यवस्था गर्नुपर्ने माग अघि सारेको छ।
त्यस्तै, प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनःसंरचना, ब्याज मिनाहा वा छुटका लागि सरकारसँग पहल गर्नुपर्ने माग गरिएको छ। बिमा गरेका व्यवसायीको बिमा दाबी रकम तत्काल भुक्तानी गराउन पहल गर्नुपर्ने तथा बिमाको पहुँचबाहिर रहेका ग्रामीण क्षेत्रका साना होटल, रेस्टुरेन्ट तथा खाजाघर व्यवसायीलाई क्षतिको मूल्याङ्कनका आधारमा विशेष आर्थिक सहयोग उपलब्ध गराउनुपर्ने मागसमेत महासंघले राखेको छ।

अध्यक्ष भण्डारीले प्रस्तुत गरेको क्षतिको विवरण तथा पुनःस्थापनासम्बन्धी मागप्रतिबाढीपीडित पर्यटन व्यवसायीको पुनःस्थापनामा होटल व्यवसायी महासंघको पहल, नेपाल उद्योग वाणिज्य महासंघ समक्ष क्षतिको प्रारम्भिक विवरण अध्यक्ष अञ्जन श्रेष्ठ तथा पर्यटन समितिले समर्थन जनाउँदै प्रभावित पर्यटन व्यवसायीको पुनःस्थापना, बिमा दाबी भुक्तानी तथा वित्तीय सहुलियतका लागि सरकार र नेपाल राष्ट्र बैंकसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
होटल व्यवसायी महासंघ नेपालले विपद्का कारण प्रभावित साना तथा मझौला पर्यटन व्यवसायीको व्यावसायिक सुरक्षा र पुनःस्थापना नभएसम्म आफ्नो पहल निरन्तर जारी राख्ने जनाएको छ।




Comment