माछापुच्छ्रे बैंकले बोलायो वार्षिक साधारण सभा, दशैंकै मुखमा लाभांश पारित गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माछापुच्छ्रे बैंकले २८ औं वार्षिक साधारण सभा असोज २८ गतेका लागि बोलाएको छ ।

असोज २ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा बोलाएको हो ।

साधारणसभाले ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) को प्रस्तावलाई अनुमोदन गर्नेछ ।

यस्तै अग्राधिकार सेयरधनीका लागि समानुपातिक रुपमा हुन आउने ७ करोड ४५ लाख रुपैयाँ वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गर्नेछ ।

साधारण सभाको क्रममा संस्थापक समूहतर्फ ३ जना संचालक र सर्वसाधारण समूहतर्फ १ जना संचालकको निर्वाचन पनि हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।