पूर्वसभापतिको हैसियतमा असोज १६ को महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी असोज १६ गते हुने पार्टीको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन पूर्वसभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले महाधिवेशनको उद्घाटन पूर्वसभापति देउवाबाट हुनु पार्टीका लागि सम्मानको विषय हुने बताएका हुन्। उनले देउवालाई पूर्वसभापतिको हैसियतमा उद्घाटन समारोहमा उपस्थित भई महाधिवेशन उद्घाटन गर्न अनुरोध गरे।

बैठकमा थापाले पार्टी विधानअनुसार देउवा अब पुनः सभापति बन्न नसक्ने विषय पनि स्मरण गराएका थिए।

कांग्रेसले असोज १६ गते काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको छ। त्यसअघि असोज ३ र ४ गते वडा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको सभापति थापाले जानकारी दिए।

उनका अनुसार वडा अधिवेशनपछि क्रमशः नगर, जिल्ला र प्रदेश तहका अधिवेशन सञ्चालन गरिनेछ। जिल्ला र प्रदेश अधिवेशनका लागि समय सीमित रहेकाले पार्टीका नेता तथा कार्यकर्तासँग थप छलफल गरेर आवश्यक व्यवस्थापन गरिने उनले बताए।

थापाले महाधिवेशनको प्रक्रिया सफल बनाउन पार्टीभित्र एकताको वातावरण आवश्यक रहेको उल्लेख गर्दै सबै पक्षलाई साझा उद्देश्यका साथ अघि बढ्न आग्रह गरे। पार्टीको आन्तरिक एकता सुदृढ गर्दै महाधिवेशनलाई सफल बनाउन सबै नेता–कार्यकर्ताको भूमिका महत्त्वपूर्ण रहने उनको भनाइ थियो।

नेपाली कांग्रेसमा १५औँ महाधिवेशनको तयारी तीव्र भइरहेका बेला सभापति थापाको यो आग्रहलाई पार्टीभित्र संवाद र सहकार्यको वातावरण निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।