काठमाडौं । काठमाडौं फोटोग्राफर संघको १८औँ वार्षिक साधारण सभा शनिबार नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको काठमाडौं ब्याङ्क्वेटमा सम्पन्न भएको छ।
संघका अध्यक्ष आनन्द प्रभाकर घिमिरेको सभापतित्वमा सम्पन्न सभामा वरिष्ठ सिनेमाटोग्राफर तथा संघका सल्लाहकार मञ्जु कुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सल्लाहकारद्वय रत्नमान आशु र राजभाई सुवाल विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष ओमबहादुर पाण्डे, निवर्तमान अध्यक्ष हरिप्रसाद घिमिरे तथा पूर्व अध्यक्षहरू बालकृष्ण श्रेष्ठ, मोतीबहादुर बोगटी र डिगम्बर राजवंशीलगायतको उपस्थिति थियो।
त्यस्तै, राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीप राज वन्त, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य तथा फोटोवाक नेपालका अध्यक्ष ओमप्रकाश यादव र नेपाल टेलिभिजनका कार्यक्रम निर्माता दीपक समीर अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
साधारण सभामा विभिन्न जिल्लाका फोटोग्राफर संघका प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, निवर्तमान तथा पूर्व कार्यसमितिका पदाधिकारी, आजीवन सदस्य र उल्लेख्य संख्यामा फोटोग्राफरहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
सभाले संघको आगामी कार्यदिशाका साथै फोटोग्राफी क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनका विषयमा छलफल गरेको थियो। पछिल्लो समय प्रविधिको तीव्र विकाससँगै फोटोग्राफी क्षेत्रमा आएका अवसर तथा चुनौतीलाई सम्बोधन गर्दै पेशालाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने विषयमा समेत छलफल भएको संघले जनाएको छ।
फोटोग्राफी व्यवसायी तथा पेशाकर्मीको हितलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने, पेशागत क्षमता अभिवृद्धि गर्ने तथा फोटोग्राफी क्षेत्रको विकास र प्रवर्द्धनमा संघको भूमिका थप सशक्त बनाउने विषयमा सभाले जोड दिएको बताइएको छ।
संघले साधारण सभामार्फत फोटोग्राफी पेशालाई मर्यादित, व्यावसायिक र आधुनिक प्रविधिसँग जोड्दै यस क्षेत्रमा आबद्ध व्यवसायी तथा पेशाकर्मीको हकहितका लागि निरन्तर काम गर




Comment