प्राधिकरणले भन्यो: उद्धार गर्ने संकेतका लागि आगो बालेर धुँवा उडाउनु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज बिहान रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भिषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाहरू प्रभावित भएका छन् ।

बाढीले पुर्‍याएको क्षतिका बीच प्रभावित क्षेत्रमा विपद्मा परेका व्यक्तिहरूको उद्धार कार्य जारी रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक विशेष अनुरोध जारी गर्दै खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विभिन्न निकायहरूसँग सहयोगको अपील गरेको छ ।

प्राधिकरणले वायुसेवा संचालक संघ नेपाल र नेपाल ड्रोन संघ लगायत हेलिकप्टर तथा ड्रोनसँग सम्बन्धित सबै संघसंस्थाहरूलाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी उद्धार कार्यमा जुट्न आग्रह गरेको छ । यस्तै, बाढीको चपेटामा परी उद्धारको पर्खाइमा रहेका व्यक्तिहरूलाई आफ्नो स्थानको पहिचान गराउन आगो बाली धुवाँ निकालेर संकेत गर्न समेत प्राधिकरणले अनुरोध गरेको छ ।

विपद्को यस घडीमा नागरिकको सहजताका लागि प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आकस्मिक सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ ।

विशेषगरी हेलिकप्टरमार्फत गरिने उद्धारका लागि सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न सूचित गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।