गणेश प्रसाद अवस्थी नबिल बैंकको डीसीईओमा बढुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नबिल बैंकको नायब महाप्रबन्धक (डीजीएम) गणेश प्रसाद अवस्थी नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा बढुवा भएका छन्। सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले नायब महाप्रबन्धक पदमा कार्यरत अवस्थीलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो।

बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा लामो अनुभव भएका अवस्थीले सन् २००१ मा तत्कालीन एनआईसी बैंकबाट आफ्नो करियर सुरु गरेका थिए। त्यसपछि कुमारी बैंकमा शाखा प्रमुख र ग्लोबल आइएमई बैंकमा १३ वर्षभन्दा बढी समय उच्च व्यवस्थापनमा रहेर काम गरेका उनी ४ वर्ष अघि सहायक महाप्रबन्धक (एजीएम) का रूपमा नबिल बैंक प्रवेश गरेका थिए।

क्रेडिट व्यवस्थापन, निक्षेप परिचालन र ग्राहक सेवामा विशेष दख्खल राख्ने अवस्थीले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। साथै, उनले हार्वर्ड बिजनेस स्कुलबाट ‘रणनीति’ विषयमा समेत अध्ययन पूरा गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।