नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा दिने योजना सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकले व्यवसायी तथा उद्यमीहरूलाई लक्षित गर्दै अति आकर्षक ब्याजदरमा साना तथा मझौला (एसएमई) कर्जा सुविधा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरूले वार्षिक ५.७५ प्रतिशत को अति आकर्षक ब्याजदरमा एसएमई कर्जा प्राप्त गर्न सक्नेछन् । यो ब्याजदर एक बर्षसम्म स्थिर रहनेछ ।

‘मेहेनती हातलाई हाम्रो साथ’ भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको एनआईएमबी एसएमई कर्जामार्फत व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा कर्जा सदुपयोगिताको आधारमा उपयुक्त कर्जा सुविधा उपलब्ध गराउने बैंकको लक्ष्य रहेको छ ।

यस योजनामार्फत व्यवसायी तथा उद्यमीहरूले आफ्नो व्यवसाय विस्तार, चालु पूँजी व्यवस्थापन, लगानी तथा व्यवसायको आवश्यकता अनुसार कर्जा प्राप्त गर्न सक्नेछन् ।

एनआईएमबीले देशभर रहेका २५१ शाखा मार्फत एसएमई कर्जा सम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराउँदै आएको छ ।

बैंकले मेहनती उद्यमी तथा व्यवसायीहरूसँग वित्तीय सहकार्य गर्दै उनीहरूको व्यवसायिक विकास र समृद्धिमा योगदान पुयाउने विश्वास व्यक्त गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।