कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बिहान ११ बजे बस्दै छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समितिका सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको समितिका सचिव दिनेश थापामगरले जानकारी दिए ।

यसैगरी कांग्रेसको आगामी असोज १६ गतेदेखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनका सन्दर्भमा जिल्ला निर्वाचन अधिकृतसँगको ‘भर्चुअल’ बैठक गर्ने सचिव थापामगरले बताए ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रकाशित निर्वाचन कार्यतालिकाबमोजिम विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृतसँगको यही भदौ ६ गते भर्चुअल बैठक गर्ने समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।