काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको आईपीओ सूचीकृत भएको छ। माउन्ट एभरेष्टले ८६ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत गराएको हो।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको २५ लाख ८० हजार कित्ता र संस्थापक सेयरधनीको ६० लाख २० हजार कित्ता गरी ८६ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीको सेयर आजदेखि बजारमा नियमित कारोबार हुनेछ पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज दिएको छ।





Comment