४ हजार २०० रुपैयाँले बढ्यो सुनको भाउ, मूल्य कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला चार हजार २०० रुपैयाँले वृद्धि भई दुई लाख ८८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँ थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले बढेर चार हजार ४७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार १२७ र चाँदीको मूल्य प्रतिऔँस ६० अमेरिकी डलर कायम भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।