अफ रोड यात्राको नयाँ परिचय: बीएआईसी बीजे थर्टी ई अब नेपालमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अफ–रोड यात्रा र दैनिक प्रयोग दुवैलाई लक्षित गर्दै विकास गरिएको बीएआईसी बीजे थर्टी ई नेपाली बजारमा प्रवेश गर्ने तयारीमा रहेको छ। यो प्लग–इन हाइब्रिड एसयूभीलाई लक्ष्मी ग्रुपले नेपालमा आधिकारिक रूपमा भित्र्याउने भएको हो।

कम्पनीका अनुसार ‘बोर्न रगेड’ अवधारणामा आधारित बीएआईसी बीजे थर्टी ई आकर्षक डिजाइन, आधुनिक प्रविधि तथा उत्कृष्ट अफ–रोड क्षमतासहित निर्माण गरिएको छ। सहरका सडकदेखि चुनौतीपूर्ण पहाडी तथा अफ–रोड मार्गसम्म सहज र आत्मविश्वासपूर्ण यात्रा गर्न सक्ने क्षमता यसमा रहेको कम्पनीले जनाएको छ।

नेपालमा प्रविधियुक्त तथा शक्तिशाली एसयूभीप्रतिको उपभोक्ता आकर्षण बढिरहेका बेला बीएआईसी बीजे थर्टी ईको आगमनले बजारमा नयाँ विकल्प थप्ने अपेक्षा गरिएको छ। प्लग–इन हाइब्रिड प्रविधिसहित आउने यस एसयूभीले इन्धन दक्षता र प्रदर्शनबीच सन्तुलन कायम गर्ने विश्वास गरिएको छ।

उत्कृष्ट अफ–रोड क्षमता, स्मार्ट फिचर तथा आधुनिक प्रविधिको संयोजनले बीएआईसी बीजे थर्टी ईलाई नेपाली एसयूभी बजारमा प्रतिस्पर्धी मोडलका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।