काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो अघिल्लो दिनको तुलनामा तोलामा ८ सय रुपैयाँको वृद्धि हो । यसअघि बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो
त्यसैगरी, आज चाँदीको मूल्यमा भने तोलामा १० रुपैयाँको गिरावट आएको छ । महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला ४ हजार ३१० रुपैयाँ तोकेको छ । भने चाँदी प्रतितोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

Comment