निर्वाचन आयुक्तको सुनुवाइका लागि संसदीय समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ।

आज बिहानका लागि तय भएको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित ओखलढुंगाका गुरुप्रसाद वाग्ले र काठमाडौंका डा. राजीव सुब्बाको सुनुवाइ गर्ने कार्यसूची छ ।

संवैधानिक परिषद्को गत असार १९ को बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो ।

यस्तै, निर्वाचन आयुक्तमा वाग्ले र सुब्बालाई सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले सुनुवाइ गरी अनुमोदन गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।