नेपाल नामिबियासँग आठ विकेटले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग आठ विकेटले पराजित भएको छ।

नेदरल्यान्ड्सको युट्रेच्टमा आज भएको खेलमा नेपाल नामिबियासँग आठ विकेटले पराजित भएको हो । नेपालले प्रस्तुत गरेको १५८ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ३७ दशमलव चार ओभरमा दुई विकेट गुमाएर पुरा गर्यो ।

नामिबियाको जितमा जान फ्राइलिन्कले सर्वाधिक ७८ रनको योगदान दिए  । उनले ८९ बलमा आठ चौका र एक छक्कासहित सर्वाधिक ७८ रनको दिएका हुन । त्यस्तै, ओपनर माइकल भान लिङ्गेनले ५१ रन बनाए । उनले ७९ बलमा चार चौकासहित ५१ रन बनाएका हुन । निकोल लोफ्टी इटन १७ रनमा अविजित रहे ।

बलिङतर्फ नेपालका नन्दन यादव र रोहित पौडेलले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनको योगफल बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ६० बलमा सर्वाधिक ३१ रनको योगदान दिएका थिए । त्यस्तै, उप–कप्तान दीपेन्द्रसिंह ऐरिले ३० रनको बनाउँदा गुल्सन झाले २० रन जोडे । त्यसैगरी, करण केसीले १८, आसिफ शेखले १६ तथा सोमपाल कामीले १५ रन बनाए ।

नामिबियाका लागि जेजे स्मिथले सर्वाधिक ६ विकेट लिए भने ज्याक ब्रासेल र बर्नाड शोल्ट्जले समान दुई–दुई विकेट लिए । अब नेपालले यही साउन ७ गते नेदरल्यान्ड्ससँग खेल्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।