काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा प्रदेशगत (भूगोल समूह) तर्फका उम्मेदवारहरूको विद्युतीय भोटिङ मेसिनबाट प्राप्त मतपरिणाम सार्वजनिक भएको छ। यस मतपरिणाममा प्रवासबाट अनलाइनमार्फत मतदान गरेका ४० मतदाता समेत समावेश छन्।
सार्वजनिक मतपरिणामअनुसार कोशी प्रदेशमा निशा मेहता सर्वाधिक १ हजार ८६१ मतसहित अग्रस्थानमा रहिन्। विश्वराज पोखरेलले १ हजार ४६० तथा शोभा कार्कीले १ हजार २०४ मत प्राप्त गरे।
मधेश प्रदेशमा सुष्मा बस्नेत ले १ हजार ४१८ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरिन्। सरिताकुमारी चौधरीले १ हजार २८० तथा नमिता यादवले १ हजार ११९ मत ल्याइन्।
बागमती प्रदेशमा प्रभा ढकाल ले १ हजार ५१३ मत प्राप्त गरी शीर्ष स्थान बनाइन्। विदुसी राणाले १ हजार ३१० तथा आकांक्षा पोखरेलले ८५० मत प्राप्त गरे।
गण्डकी प्रदेशमा पवित्रा थापा ले १ हजार ४२ मत प्राप्त गर्दै अग्रस्थानमा रहिन्। मनिष खनालले १ हजार १२ तथा सोम शर्माले ९५५ मत प्राप्त गरे।
लुम्बिनी प्रदेशमा कल्पना पाण्डे ले १ हजार १०७ मतसहित पहिलो स्थान हासिल गरिन्। संगीता ढकालले १ हजार ९२ तथा ज्ञानु पौडेलले ८९७ मत प्राप्त गरे।
कर्णाली प्रदेशमा सीता वादी ले १ हजार ७५१ मत प्राप्त गरी सर्वाधिक मत ल्याइन्। विनिता कठायतले १ हजार ५०० तथा टासी ल्हजोमले १ हजार १३५ मत प्राप्त गरे।
सुदूरपश्चिम प्रदेशमा हेमराज थापा ले २ हजार ३० मत प्राप्त गर्दै सबैभन्दा बढी मत ल्याउने उम्मेदवार बने। त्यसपछि केपी खनालले १ हजार ८४०, दीपकराज मोहराले १ हजार ४५०, जानकी जोशीले १ हजार १४८, चन्द्रा ए. चाँदनीले १ हजार १२६ तथा रत्न थापाले ९६१ मत प्राप्त गरेका छन्।
रास्वपाले सार्वजनिक गरेको यो परिणाम विद्युतीय भोटिङ मेसिनबाट प्राप्त मतपरिणाम मात्र भएको जनाएको छ। साथै, प्रवासबाट अनलाइनमार्फत मतदान गरेका ४० मत पनि यसै परिणाममा समावेश गरिएको छ।

Comment