महाधिवेशन नसकिँदै काठमाडौं फर्किए बालेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह काठमाडौं फिर्ता भएका छन्।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उनी बुधबार ११ः३१ बजेको उडानमार्फत काठमाडौं प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री शाहले पार्टीको महाधिवेशनको उद्घाटनसत्रमा आइतबार सम्बोधन गरेका थिए। यस्तै, मंगलबारको बन्दसत्रमा पनि सहभागी भएका थिए।

महाधिवेशनबाट शाह वरिष्ठ नेतामा निर्वाचित भएका छन्। चितवनमा उनले सौराहास्थित हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।