सदनमा हर्क साम्पाङसहित सांसदहरूको विरोध जारी, रोष्ट्रम घेराउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित केही सांसदहरूले प्रतिनिधिसभा बैठकमा विरोध जारी राखेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै साम्पाङसहितका सांसदहरूले बैठकमा उठेर विरोध गरेका हुन्।

विरोधका क्रममा उनीहरूले संसद्को रोष्ट्रम घेराउ गरेका छन्। सभामुखले पटक–पटक आफ्नो स्थानमा बस्न र सदनको मर्यादा कायम गर्न निर्देशन दिए पनि विरोधरत सांसदहरूले त्यसको पालना नगरेको जनाइएको छ।

सभामुखले यसअघि नै सांसदहरूलाई आफ्नो स्थानमा फर्किन आदेश दिएका थिए। तर आदेशको अवज्ञा गर्दै विरोध जारी राखेपछि उनले संसद् सञ्चालनमा अवरोध नगर्न सचेत गराएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।