दुई संसदीय समितिको बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । आज (बुधबार) दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

अर्थ समितिको बैठक र सार्वजनिक लेखा समितिको बैठक बस्ने भएको हो ।

बिहान ८ बजे बस्ने बैठकमा आ.व.२०८३\८४ को राजश्व र व्ययको अनुमान (बजेट) का मुख्य—मुख्य व्यवस्थाका सम्बन्धमा माननीय अर्थ मन्त्रीसँग छलफल गर्न कार्यसूची छ । यसैगरी, समितिको मस्यौदा कार्यविधिमाथि पनि छलफल हुने छ ।

यस्तै, बिहान ८ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा विद्युतीय सवारी साधनको जाँचपास सम्बन्धमा हालै उठेका प्रश्नउपर छलफल हुने कार्यसूची छ । रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।