काठमाडौँ। एसीसी महिला प्रिमियर कप अन्तरगतको म्याचमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको छ।
नेपालले दिएको ११४ रहेको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्रै जोड्न सक्यो ।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालले खराब प्रदर्शन गर्दै ६७ रनमा ७ विकेट गुमाएको थियो। अनुभवी जोडी सीता रानामगर र रुबिना क्षेत्रीले आठौं विकेटका लागि ४० रनको साझेदारी गरेपछि नेपाल सम्हालियो। सीताले २८ बलमा ३७ रन बनाएर नेपाललाई उकासेकी थिइन् । रुबिनाले २१ बलमा २४ रन जोडेर आउट भइन्।
जवाफी ब्याटिङमा भुटानका लागि डेचेन वाङ्मोले ६९ बलमा ३९ रन बनाएर संघर्ष गरिन्। अन्यले उल्लेख्य रन बनाउन सकेनन्।
नेपालका लागि रुबिनाले १५ रन खर्चेर तीन विकेट लिइन्। रिया शर्माले २० रन खर्चेर २ विकेट हासिल गरिन्। प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो।

Comment