नेप्सेसँगै घट्यो कारोबार रकम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज (मंगलबार) नेप्से एकल अंकले घटेको छ। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ९.२४ अंकले घटेको छ। हिजो (सोमबार) भने २८.८५ अंकले बढेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.३३ प्रतिशतले घटेको नेप्से २७७७.१० विन्दुमा रोकिएको छ।

आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि १.४५ अंकले घटेर ४७४.२९ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.३० प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.३६ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३२ प्रतिशतले घटेको छ।

सेयरबजारमा मंगलबार ३४२ कम्पनीको ५२ हजार ७५१ पटकको कारोबारमा एक करोड १८ लाख ७२ हजार ५०७ कित्ता सेयर किनबेच भए। जसअनुसार मंगलबार चार अर्ब ८५ करोड ४४ लाख ४४ हजार १७० रुपैयाँको कारोबार भयो। सोमबार भने पाँच अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० रुपैयाँको कारोबार भएको थियो।

सेयर बजारमा आज ६९ कम्पनीका मात्र सेयरमूल्य बढे। १९० कम्पनीका सेयरमूल्य ओरालो लाग्दा ११ कम्पनीको सेयरमूल्य स्थिर रह्यो। नेप्सेमा आज (मंगलबार) १३ समूहका कारोबार भएकामा म्युचुअल फन्ड र निर्जीवन बिमा समूहको सूचक बढ्यो भने बाँकी ११ समूहका सूचक घटे।

जसअनुसार मंगलबार वाणिज्य बैंक ०.२४‚ विकास बैंक ०.४८‚ फाइनान्स ०.४४‚ होटेल तथा पर्यटन ०.०५‚ जलविद्युत् ०.३८‚ लगानी ०.६९‚ जीवन बिमा ०.५३‚ उत्पादन तथा प्रशोधन ०.४७ र लघुवित्त समूहको सूचक ०.५६ प्रतिशतले घटे।

यसैगरी म्युचुअल फन्ड ०.२५ र निर्जीवन बिमा समूहको सूचक ०.३५ प्रतिशतले बढे। यस्तै अन्य ०.०६ र व्यापार समूहको उपसूचक ०.१२ प्रतिशले घट्यो।

नेप्सेमा मंगलबार कालिन्चोक हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९.२३ प्रतिशतले आम्दानी गरे। यसैगरी सुपर खुदी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ३.६० प्रतिशतले सेयरमूल्य गुमाए।

कारोबार रकमका आधारमा आज पनि आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। आज आँखुखोलाको ४६ करोड ७२ लाख ६३ हजार ९२५ रुपैयाँको कारोबार भयो। हिजो आँखुखोलाको ६० करोड २० लाख १४ हजार ४०४ रुपैयाँको कारोबार भएको थियो।

त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा पनि आँखुखोला नै अगाडि रह्यो। मंगलबार यसको ११ लाख १८ हजार २२ रुपैयाँको सेयर किनबेच भयो। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ४२२ रुपैयाँ कायम रह्यो। हिजो (सोमबार) यसको १४ लाख ५१ हजार ९९५ रुपैयाँको सेयर किनबेच भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।