नयाँ दिल्ली। भारतको तमिलनाडु राज्यमा (टीभीके)का अध्यक्ष सी.जोसेफ विजय थलपतिले आइतबार तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिएका छन्।
चेन्नईमा आयोजित भव्य समारोहका बीच उनलाई तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शपथ लिएलगत्तै थलपतिले मञ्चमै तीनवटा आदेशमा हस्ताक्षर गरेका छन्। उनले हरेक घरलाई २०० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने, लागुऔषध समस्या नियन्त्रणका लागि प्रत्येक जिल्लामा विशेष बल गठन गर्ने तथा महिला सुरक्षाका लागि विशेष टास्क फोर्स स्थापना गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्।

Comment