आईएमई लाइफको खुद नाफा ३६ करोड ७९ लाख, जीवन बीमा कोषमा ४२ प्रतिशतको ग्राेथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार समिक्षा अवधिमा कम्पनीको खुद नाफामा सामान्य वृद्धि देखिएको छ।

कम्पनीले यस अवधिमा ३६ करोड ७९ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको ३६ करोड ६३ लाख ३३ हजार रुपैयाँको तुलनामा ०.४३ प्रतिशतले बढी हो।

चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३९.१८ प्रतिशतले बढेर ५ अर्ब १ करोड ५१ लाख ४६ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ६० करोड ३३ लाख ५५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २.३२ प्रतिशतले बढेर १ अर्ब १ करोड ६ लाख ८३ हजार रुपैयाँ पुगेको छ। दाबी भुक्तानीको अवस्था हेर्दा कम्पनीले चैत मसान्तसम्म ९५ करोड ४६ लाख ६९ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ, जुन गत वर्षको तुलनामा १.७२ प्रतिशतले कम हो।

खर्चतर्फ कम्पनीले यस अवधिमा ४३ करोड ६४ लाख ३२ हजार रुपैयाँ अभिकर्ता कमिसन वापत खर्च गरेको छ, जुन गत वर्षको तुलनामा २९.९० प्रतिशतले बढी हो। कम्पनीको कुल खर्च ३०.१९ प्रतिशतले बढेर ५ अर्ब ८१ करोड ६ लाख ७९ हजार रुपैयाँ पुगेको छ।

वित्तीय अवस्थातर्फ कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ यथावत रहेको छ। कम्पनीको जीवन बीमा कोषमा भने उत्साहजनक सुधार देखिएको छ। जीवन बीमा कोष ४२.११ प्रतिशतले वृद्धि भई १६ अर्ब ८३ करोड १० लाख ८२ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, महाविपत्ती कोष १४ प्रतिशतले बढेर २९ करोड ९५ लाख ९५ हजार रुपैयाँ पुगेको छ भने रिटेन्ड अर्निङमा ५२ करोड ८ लाख ४४ हजार रुपैयाँ सञ्चित छ।

कम्पनीमा हाल कायम बीमालेखको संख्या ४ लाख ८७ हजार ४८४ रहेको छ। चैत मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ९ रुपैयाँ ८१ पैसा र प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ४९ पैसा कायम भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।