काठमाडौं । अर्थ मन्त्रालयले अध्यादेशपछि पदमुक्त भएका अर्थ मन्त्रालय मातहतका निकायका अधिकारीहरुको विवरण सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत शनिवार ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका हुन्।
अध्यादेशका कारण विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका हुन्।
यी हुन् अर्थ मन्त्रालय अन्तर्गत पदमुक्त भएका अधिकारीहरु :
कर्मचारी सञ्चय कोष
- अध्यक्ष – भूपाल वराल। (नेपाल सरकार बहालवाल राजश्व सचिव)
- सदस्य – डा. धनिराम शर्मा (नेपाल सरकार बहालवाल सहसचिव), इश्वर कार्की, विनोद थापा।
- सदस्य – प्रा.डा. तारा प्रसाद भूसाल, देवेन्द्र रमण खनाल।
- कोषको प्रशासक – जितेन्द्र धिताल।
- प्रशासक – जितेन्द्र धिताल।
नागरिक लगानी कोष
- अध्यक्ष – तुलसी प्रसाद घिमिरे।
- विज्ञ सञ्चालक – हेमन्त राज रमाली।
- कार्यकारी निर्देशक – पर्वत कुमार कार्की।
नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था परिषद्
- तीन जना सदस्यहरु – कुमार राई,
- थान प्रसाद पज्ञानी, (नेपाल सरकार सहसचिव),
- श्याम प्रसाद भण्डारी (नेपाल सरकार बहालवाल सहसचिव),
लेखामान बोर्ड
सदस्य, लेखामान बोर्ड, नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था
- अध्यक्ष – सुनिल कुमार ढुंगेल।
- पाँचजना सदस्यहरु – मनमोहनराज काफ्ले,
- जितेन्द्र कुमार मिश्र,
- दुर्गा प्रसाद ज्ञवाली,
- मनिषराज उप्रेती र
- विदुर लुइटेल।
- सदस्य – पोषराज नेपाल।
लेखापरीक्षणमान बोर्ड
अध्यक्ष, लेखापरीक्षणमान बोर्ड, नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था
सदस्य, लेखापरीक्षणमान बोर्ड, नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था
- अध्यक्ष – जगन्नाथ उपाध्याय निरौला ।
- तीनजना सदस्यहरु – रविन्द्र राजभण्डारी,
- क्षेत्र गोपाल प्रधान र
- शेषमणी दाहाल।
- सदस्य – गणेशराज राई।
नेपाल धितोपत्र बोर्ड
सदस्य – पिताम्वर भण्डारी।
निक्षेप तथा कर्जा सुरक्षण कोष
- सदस्य – रिक्त रहेको।
- सदस्य – प्रकाश जंग थापा।
- प्रमुख कार्यकारी अधिकृत – रमेश घिमिरे।
नेपाल बीमा प्राधिकरण
- जीवन बीमा …. सदस्य – डा. गणेश प्रसाद पाण्डे।
- निर्जीवन बीमा… सदस्य – रिक्त रहेको।

Comment