राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

मंगलबार राष्ट्रपति पौडेलले वैशाख २८ गते सोमबार दिउँसो २ बजे संघीय संसद् भवनमा बस्ने गरी दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्। नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संसद् अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन्।

आजै दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। यहि अधिवेशनमा सरकारले बजेट ल्याउनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।